२०८१ फाल्गुन १४, बुधबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षको स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई नेकपाले  प्रेस संगठन नेपालको इन्चार्ज तोकेको छ । यसाधिका प्रेश संयोजक राजेन्द्र गौतम नेकपा ओली समूहमा लागेपछि रिक्त स्थानमा भट्टराईलाई उक्त जिम्मेवारी दिएको नेकपाले जनाएको छ ।

यो संगै संगठनको सहइन्चार्जमा विष्णु रिजाललाइ तोकेको छ  उनी यसअघि विदेश विभाग उपप्रमुख थिए । महेश्वर दाहाल र ओम शर्मा यसअघि नै सहइन्चार्ज छन् ।

प्रेस संगठनको पदाधिकारी समेत नेकपा प्रचण्ड- नेपाल पक्षले  टुंग्याएको छ । एमाले र माओवादी एकतापछि प्रेस संगठनका सहसंयोजक रहेका गणेश बस्नेत ओली समूहमा लागेपछि रिक्त स्थानसहित थप पदाधिकारी समेत बनाइएको छ ।

महेश्वर दाहाल संयोजक, सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णुप्रसाद सापकोटा जुगल र महासचिव राजेश राई चयन भएका छन् । कार्यसमितिमा १९ सदस्यीय केन्द्रीय कार्यालय बनाइएको छ । केन्द्रीय कार्यालय प्रचण्ड र माधव नेपालका तर्फबाट ५०/५० प्रतिशतको अनुपातमा बनाइएको छ ।

केन्द्रीय कार्यालयमा पूर्वएमालेबाट सइन्द्र राई, नरेन्द्र साउद, रामकुमार एलन, अमृतनाथ तिमल्सिना, शुरोजंग पाण्डे, हेमकर्ण विक र चमिना भट्टराई छन् । पूर्वमाओवादीबाट मनोज घर्तिमगर, देवराम यादव, कमल गिरी, विवेक गौतम, मौसम रोकामगर, सुरेशचन्द्र अधिकारी, गंगा बराल र ध्रुव बुढाथोकी रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु