२०८१ कार्तिक ३०, शुक्रबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौँ — प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको दाहाल–नेपाल समूहले विगतमा भएका कमीकमजोरी, वर्तमान अवस्था र भविष्यको कार्ययोजनासहित प्रतिबद्धता पत्र जारी गर्ने भएको छ । त्यसका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा कमिटी गठन भएको छ ।

कमिटीमा भिम रावल, घनश्याम भुसाल, रघुजी पन्त, सुरेन्द्र पाण्डे, वर्षमान पुन, जनार्दन शर्मा, लिलामणी पोखरेल, बेदुराम भुसाललगायत सदस्य छन् । माघ २६ गते बसेको सचिवालय बैठकले श्रेष्ठको संयोजकत्वमा कमिटी बनाएको थियो । संयोजक श्रेष्ठका अनुसार २६ गते नै कमिटीको पहिलो बैठक बसेर प्रतिबद्धतापत्रमा समेट्ने विषयमा सामान्य छलफल भएको थियो । उनका अनुसार बुधबार कमिटीको दोस्रो बैठक बस्ने छ । बैठकमा प्रतिबद्धता पत्रमा समेट्ने बुँदाहरुमा छलफल गरेपछि लेख्ने काम सुरु हुनेछ ।

प्रतिनिधिसभा विघटनपछि राजनीतिक रुपमा विभाजित भएर बनेको नेकपा दाहाल–नेपाल समूह यतिबेला चौथो चरणको आन्दोलनमा छ । विगतमा नेकपा र नेकपा नेतृत्वको सरकारबाट राज्य सञ्चालन र सुशासन कायम गर्ने विषयमा गम्भीर कमजोरी भएको नागरिक समाजको भनाई छ । भविष्यमा त्यस्तो कमजोरी हुँदैन भन्ने सुनिश्चता के हो भनेर नागरिक समाजले प्रश्न उठाएपछि दाहाल–नेपाल समूहका शिर्ष नेताले प्रतिबद्धता पत्र जारी गर्ने बताएका थिए ।

प्रतिबद्धता पत्रमा विगत, वर्तमान र भविष्य तीनवटै कुरालाई देखाउने खालका विषय आउने पत्र लेखन कमिटीका सदस्य बेदुराम भुसालले बताए । ‘हाम्रो सैद्धान्तिक अवधारणा के थियो र के छन् भन्ने एउटा । दोस्रो, चुनवाको बेला हाम्रा प्रतिबद्धता के थिए, त्यसपछि बनेको सरकारले के गर्नुपर्दथ्यो र के गर्न सकेन । तेस्रो, पार्टी एकता गर्दाका हाम्रा प्रतिबद्धता के थिए, त्यस अनुसार काम भयो कि भएन । भएन भने के कारणले भएन,’ भुसालले भने, ‘अब हामी कसरी जान्छौं । समाजवादउन्मुख समाज निर्माण गर्ने भनेको छ कान्तिपुरमा समाचार छ ।

त्यसका निम्ति हाम्रा अवधारणा, प्रतिबद्धता के हुन् ? त्यसका निम्ति चाहिने पार्टी कस्तो हो र हामी कसरी बनाउँछौं । नेता कार्यकर्ताको आचरण कस्तो हुने भन्ने जस्ता विषय समेटेर प्रतिबद्धता पत्र ल्याउनुपर्छ भन्ने मोटामोटी छलफल भएको छ । तर, विषयवस्तुका बारेमा टुंगो लागिसकेको छैन ।’

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।
शक्तिशाली आँधीपछि टोकियो आसपासका क्षेत्र सामान्य बन्दै, शिन्कानसेन बुलेट ट्रेन नियमित सेवा सुचारु,हवाई यात्रा भने अझै प्रभावित ।
शक्तिशाली टाइफुन टोकियो नजिक, शुक्रबार रातिसम्म  भीषण हावाहुरी र वर्षा हुने सम्भावना