नेपालि कांग्रेशका युबा नेता गगन थापाले उहिलेका राजामहाराजा र अहिलेको राष्ट्रपति उस्तै भएको टिप्पणी गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्री पक्राउ परेपछि उनले यस्तो टिप्पणी गरेको हो । नेता थापाले सरकारलाई झ्यालखनाको संख्या थप्न समेत सुझाव दिएका छन् ।
नेता थापाले सत्यको पक्षमा बोल्ने मुख सरकारको त्रासले बन्द नहुने भन्दै झ्यालखानाको संख्या थप्न सुझाव दिएका हुन् ।
नेता थापाले सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध प्रश्न गर्दा झ्यालखानामा राखेर तर्साउन खोजेको भन्दै यस्तो टिप्पणी गरेका हुन् । उनले अहिलेका राजामहाराजा र अहिलेको राष्ट्रपति उस्तै भएको उल्लेख गरेका छन् ।
‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति !’, थापाले फेसबुकमा लेखेका छन्, ‘सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।’