hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetritzbethepbethepbet girissuperbetinbetparksüperbetinpadisahbet güncel girişsüperbetinsüperbetinsuperbetinsüperbetin girişjojobetjojobetholiganbet
२०८३ जेष्ठ १३, बुधबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोध गर्नेहरु देशद्रोही र जनविरोधी रहेको टिप्पणी गरेका छन् ।

राजधानीमा आयोजित अपाङ्ग साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएको हो । संसद भनेको जागिर होइन तर उनीहरुको तर्क पाँचै वर्ष जागिर खानु पर्छ भनिरहेको हुुनाले संसद विघटन हुँदा उनीहरुमा छट्पटी भएको छ प्रधानमन्त्रीले भने ।

उ नीहरुले अर्काका इशारामा देशमा अस्थिरता ल्याउन थालेका कारण आफूले जनताको मत लिनका लागि संसद विघटन गरेको दावी गर्दै प्रधानमन्त्री ओलीले स्थिरताका लागि ताजा जनादेशमा जानका लागि यो कदम चालिएको दावी गरे । सांसद हुँदा कस्ता–कस्ता काम गरिएका छन्, त्यसको मूल्याँकन जनताले गर्न पाउनुपर्ने बताउँदै उनले अहिले आफ्नो हातमा केही नरहेको सबै जनतालाई सुम्पेको र जनताले सबै मूल्याङ्कन गर्ने धारणा राखे ।

उनले भने, ‘मैले गरेको काम जनताले मूल्याङ्कन गरुन र अरुले के गरेका छन् त्यसको मूल्याङ्कन पनि जनताले गरुन् भनेर नै यो कदम चालिएको हो, त्यसैले बैशाखमा हुने चुनावमा यस्ता देशद्रोहीलाई ठेगान लगाउन आग्रह गर्दछु ।’

फेसबुक प्रतिक्रियाहरु