hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobettürk ifşahepbethepbet girissuperbetinbetparksüperbetinpadisahbet güncel girişsüperbetinsüperbetinsuperbetinsüperbetin girişjojobetjojobetcasibom
२०८३ जेष्ठ १३, बुधबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । नेपाल काँग्रेसका युवा नेता गगन थापाले पूर्व सभामुख शुबास चन्द्र नेङ्बाङलाइ आफ्नो हैसिएत मात्र होइन, संबिधान नै बिर्सिएको आरोप लगाएका छन् ।

नेता थापाले सरकारविरुद्ध आयोजित विरोधसभामा नेम्वाङले आफ्नो हैसियत मात्र होइन, संविधान नै बिर्सेको आरोप लगाएका हुन् । ‘सुवास नेम्वाङको सम्बोधन सुन्दै थिएँ, उहाँले माधब नेपाललाई नाम बिर्सिएँ भने तर सुबास नेङ्बाङ्ले नाम होइन  संविधान नै बिर्सनुभयो,’ उनले भने, ‘आफ्नो जिम्मेवारी नै बिर्सनुभयो । तपाईंले आफनो हैसियत बिर्सनुभयो । तपाईंलाई थोरै पनि अप्ठयारो लाग्दैन ?’ उहाले भने ।

शनिबार ओली समूहको प्रदेश १ सम्पर्क कमिटीका अगुवा कार्यकर्ता भेलाको सम्बनेधनका क्रममा नेम्वाङले माधव नेपालको नाम बिर्सिएको भन्दै व्यांग्य गरेका थिए । नेम्वाङले प्रधानमन्त्रीले गलत गर्नुभयो भन्न नसकेको भन्दै काँग्रेस नेता थापाले ओलीका वरिपरि बस्नेहरुले कुरी कुरी भन्नु पर्नेमा वाह ! वाह ! भनेको भन्दै आश्चर्य व्यक्त गरे ।

‘केपी ओली अब किर्ते प्रसाद ओली हो,’ उनले भने, ‘सुवास नेम्वाङले संविधान नै बिर्सिनु भयो। राष्ट्रपति अब गुटपति हुनुभयो।’  काँग्रेसका नेता तथा पूर्वअर्थ राज्यमन्त्री उदयशमशेर राणाले मुलुक कोभिडको मारमा परिरहेको अवस्थामा विभिन्न राजनीतिक विषय उठाउन नहुने बताए ।

ललितपुर जिल्ला समितिका सभापति मदनबहादुर अमात्यले प्रजातान्त्रिक संस्कारमा अरूको विचार लाद्न नपाउने भएकाले सबैको मूल्य र मान्यतालाई ख्याल गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

फेसबुक प्रतिक्रियाहरु