काठमाडौं: प्रधानमन्त्री ओलिले चालेका ससंबैधानिक कदम प्रति डटेर प्रदर्शनमा उत्रन नेपाली कांग्रेशका बरिष्ठ उपाध्यक्ष रामचन्द्र पौडेलले आह्वान गरेका छन्। ‘देशलाई राजनीतिक अस्थिरताको भुमरीमा फसाउने र मुलुकलाई संकटतिर धकेल्ने ओलीको प्रपञ्च भएको हुनाले सारा जनताले डटेर विरोध गर्न पर्ने भन्दै उहाले डटेर अन्दोलानामा उत्रन आब्हान गरेको हो ।
संसद् विघटनको निर्णय नसच्याएमा अनर्थ हुने भन्दै नेता पौडेलले संसद् विघटन गर्ने असंवैधानिक कार्यले देशलाई अन्धकारतिर लैजाने बताए । ओलीको कदमले संविधानमाथि ठूलो क्षति पुगेकाले पनि विरोध प्रदर्शनमा उत्रनुपर्ने पौडेलको भनाइ छ ।
भोलि (शनिबार) कांग्रेसले ७५३ वटै स्थानीय तहमा विरोधसभा राखेको छ भने माघ ८ मा सबै वडामा विरोध प्रदर्शन छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि शनिबारको विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन सबैलाई अपील गरेका छन् ।