२०८१ फाल्गुन १५, बिहिबार
  • Namaste Khabar ४ वर्ष अगाडि

सरकारले निर्वाचन आयोगका कानुन सहसचिव लक्ष्मीप्रसाद गौतमको राता रात सरुवा गरेको छ । आयोगको कानुन शाखाका प्रमुख समेत रहेका गौतमको राता रात सरुवा हुनुलाइ अर्थपुर्ण रूपमा  हेरिएको छ ।

विभाजित नेकपाको मुद्दा हेरिरहेका गौतमको सरुवालाई अर्थपूर्ण रुपमा लिइएको हो । आयोगमा विचाराधीन मुद्दा हेरिरहेका गौतमको सरुवापछि नेकपा प्रचण्ड नेपाल पक्षका नेता योगेश भट्टराईले मंगलबार राति ट्वीट गर्दै सरकारको नियतमाथि शंका र षडयन्त्रको आभास भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्–‘निर्वाचन आयोगमा नेकपाको आधिकारिकता सम्बन्धित बहस चलिरहेको अवस्थामा आयोगका बरिस्ठ कर्मचारीको सरुवा गरिएको बुझिएको छ । नियतमाथि शंका, षड्यन्त्रको आभास ।’

निर्वाचन आयोग स्रोतका अनुसार कानुन शाखाका प्रमुख गौतमका साथै आयोगका आयुक्तहरुले नेकपा विवादको मुद्दा हेरिरहेका थिए ।

फेसबुक प्रतिक्रियाहरु