२०८१ पुस ८, सोमवार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक बैंकको  एटीएम कार्ड अर्को बैकमा प्रयोग या कारोबार गर्दा लिइने  शुल्क तोकेको छ । राष्ट्र बैंकले एउटा बैंकको एटीएमबाट अर्को बैंकको कार्ड प्रयोग गरेर हुने भुक्तानीका प्रति कारोबार बढीमा २० रुपैंयाँसम्म लिन पाउने गरी अधिकतम शुल्क निर्धारण गरेको हो ।

भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देश जारी गर्दै नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो । एक महिनामा बढीमा २ पटकसम्म रकम भुक्तानीका लागि भने कुनै शुल्क लिन नपाउने व्यवस्था गरिएको छ ।

त्यस्तै, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता सेवाको शुल्क पूर्व जानकरी गरेर लिन सकिने उल्लेख गरिएको छ । त्यस्तै, हराएको युजरनेम वा पासवर्ड रिट्राइभ सेवामार्फत् प्राप्त गर्न सक्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।

राष्ट्र बैंकले यसअघि महामारीको अवधिमा एटीएम शुल्क लिन नपाउने व्यवस्था गरेको थियो । तर, यो नीतिप्रति बैंकरहरुले तीव्र विरोध जनाएका थिए । शुल्क लिन नपाउने भएपछि कतिपय बैंकहरुले अन्तरबैंक भुक्तानी बन्द गर्नेदेखि बिग्रिएका एटीएम मेसिन नै नबनाउन थालेपछि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत् एटीएम शुल्क व्यवस्थित गर्ने जनाएको थियो । सोही समीक्षा अनुसार राष्ट्र बैंकले यस्तो निर्देशिका जारी गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।