२०८१ फाल्गुन १५, बिहिबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौँ — कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीको हालत ज्ञानेन्द्रजस्तै हुने बताएको छ ।

सत्तमा आएपछि नियम कानुन केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उनको भनाइ छ ।

नेकपा दाहाल–नेपाल पक्षले बुधबार गरेको अन्तर्क्रिया नेता रिजालले सरकारले घोषणा गरेको चुनाव बैशाखमा नहुने पनि बताए ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरु सधैंभरी अग्रगमनको पक्षमा रहने बताए । उनले प्रतिगमनको पक्षमा नजाने उनको भनाइ थियो । पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेसँगै राजनीतिक दलहरु यसको विरोधमा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु