काठमाडौँ: प्रधानमन्त्री निवास बालुवाटरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।
बैठकमा उपस्थिति नहुने बताउदै आएका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष समेत रहेका केपी ओली पनि बैठकमा सहभागी भएको छ । बैठक सुरु हुनु भन्दा एक घण्टा अगाडिनै ओली र प्रचण्ड बिच छुट्टा छुट्टै भेटघाट भएको थियो । प्रचण्डसंग भेटेपछि ओली बैठकमा सहभागी जनाउनुलाई सकारात्मक रुपमा लिइएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली यस अघिको भैथाकमा सहभागी भएका थिएनन ।