२०८१ फाल्गुन १६, शुक्रबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका नेकपाका कार्यकारी अधक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा कसले मागे भनेर स्पस्टिकरण मागेका छन् ।

भेटमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले बुधबार आफ्नो राजीनामा मागिएकाबारे दिएको अभिव्यक्ति के हो ? भनेर प्रश्न गरेका थिए ।  ‘तपाईले राजीनामा मागियो भनेर बेप्रशांगिक कुरा गर्नुभएछ बुधबार । तर अहिले कसैले राजीनामा नै मागेको छैन’, कस्ले माग्यो तपाइको राजिनामा ? प्रचण्डले प्रस्न गरेका थिए ।

भेटमा प्रचण्डले स्थायी समिति बैठकका निर्णय कार्यन्वयन गरौं, साथीहरुको भनाई पनि त्यही छ । तर तपाईले त राजीनामा मागियो भनेर जुन प्रचार गर्नुभएछ त्यो ठिक होइन’, प्रचण्डको भनाई थियो ।  प्रचण्डले पुनः स्थायी समितिको निर्णय कार्यन्वयन गरे समस्या समाधान हुने भन्दै यस्ता बकम्फुसे कुरा नगर्न ओलीको ध्यानाकर्षण समेत गराएका थिए ।

‘यस्ता बकम्फुसे कुरा नगर्नुस् । यदि तपाईंको कसैले राजीनामा मागे भनेपनि पार्टी कमिटीको बैठकमा छलफल गरौं,  त्यही राखेर त्यही छलफल गर्दै अगाडि बढौं’, प्रचण्डको भनाई थियो ।  त्यसैगरी एक नम्बर प्रदेशका नेताहरुलाई जुम भेलामा ओलीले जवजलाई अघि बढाउन दिएको निर्देशनप्रति पनि भेटमा प्रचण्डले आपत्ति जनाएका थिए ।

‘एक नम्बर प्रदेशको जो भेला गर्नुभयो, त्यो पनि तपाइको पार्टी एकता विरोधी काम भयो । पार्टी एकता घोषणा गर्दा हामीले जे कार्यक्रम तय गरेका छौं,त्यसविरुद्ध भयो । यसले राम्रो गर्दैन’, प्रचण्डले ओलीको ध्यानाकर्षण गराएका थिए ।  प्रचण्डले आफ्ना कुरा राखेपनि ओलीले भने कुनै जवाफ नदिएको ओलीनिकट श्रोतले जनाएको छ ।

‘कार्यकारी अध्यक्षले आफुलाई मनमा लागेको कुरा प्रधानमन्त्री समेत रहनुभएका ओलीसँग राख्नुभयो । उहाँको जोड बैठक राख्न नै थियो । तर प्रधानमन्त्रीज्युले कुनै जवाफ नदिएको स्रोतले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु