२०८१ पुस ८, सोमवार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले प्रदेश ५ को नाम लुम्बिनी राखेकामा आपत्ति जनाएको छ । ‘मगरात–थरुहट’ को ऐतिहासिक सभ्यता र पहिचानलाई नामेट पार्ने गरी प्रदेश सभाले एकात्मक र केन्द्रीकृत, नश्लवादी चिन्तनबाट ग्रसित भई लुम्बिनी नाम राखेको भन्दै महासंघले आपत्ति जनाएको हो ।

प्रदेश ५ को प्रदेशसभाको मंगलबारको बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी भालुबाङ राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको छ । यो निर्णय २०६२/६३ को ऐतिहासिक जनआन्दोलन, सशस्त्र माओवादी जनयुद्ध, आदिवासी जनजाति आन्दोलन, मगरात आन्दोलन, थरुहट आन्दोलन, मधेस विद्रोह, आदिवासी र सरकारबीच भएको विगतको सहमति/सम्झौता, दलहरूले निर्वाचनमा जनतासँग गरेका प्रतिवद्धता, मानव अधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय दस्तावेज र नेपालको संविधान २०७२ को प्रस्तावना र संघीयताको मूल मर्म विपरीत भएको महासंघले जिकिर गरेको छ ।

महासंघले प्रदेश ५ लगायत सबै प्रदेशको नामाङ्कन ऐतिहासिक मानव सभ्यताले विकास गरेको थातथलोलाई सम्बोधन हुने गरी गर्ने अभियान र आन्दोलन जारी रहेको पनि बताएको छ ।

प्रदेश नं. ५ को नामाङ्कन ऐतिहासिक थातथलोलाई आधार मान्दै ’मगरात–थरुहट’ राख्नुपर्नेमा पुरानै राज्यसत्ता र संरचनाको झल्को दिने गरी लुम्बिनी’ नै राख्नु भनेको देश र जनताका लागि गम्भीर साथै ऐतिहासिक भूल गर्ने क्रम नरोक्नु हो’ कार्यवाहक महासचिव सुखवीर थामीले विज्ञप्तिमार्फत भनेका छन् ।

राज्यको यस खालको कदमले उत्पीडित आदिवासी जनजाति समुदायको आत्मसम्मानमा गम्भीर र पिडादायी ठेस पुर्‍याएको पनि उनले उल्लेख गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।