hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobettürk ifşahepbethepbet girissuperbetinsüperbetinpadisahbet güncel girişsüperbetinsüperbetinsuperbetinsüperbetin girişjojobetjojobetjojobet
२०८३ जेष्ठ १३, बुधबार
  • Namaste Khabar ६ वर्ष अगाडि

लन्डन — बेलायती सेनामा कार्यरत एक जना गोर्खा सैनिक १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जेल चलान भएका छन् ।

बेलायतको ब्रिस्टोल क्राउन कोर्टले ४४ वर्षीय कर्पोरल विनोद राईलाई गत शुक्रबार साढे दुई वर्ष कैद सजाय सुनाएको हो ।

जेल सजाय सुनाउँदै न्यायाधीश जेम्स प्याट्रिकले राईले यसअघि ब्रिटेनका लागि राम्रो सेवा गरेपनि कम उमेर (अन्डर एज)की एक बालिकालाई खराब नियत राखेर यौन दुर्व्यवहार गरेको उल्लेख गरेको स्थानीय अनलाइनले जनाएका छन् ।

पिपर प्लेस वार्ममिनिस्टर निवासी राईले गत वर्ष जुलाई १९ मा आफ्ना केटाकेटीलाई लिन जाने क्रममा साथीकी छोरीलाई पनि रेल स्टेसनबाट सँगै गाडीमा घर ल्याएका थिए ।

राईले चालक सिटबाट ओर्लेर ती बालिका बसेको ढोका खोली उनलाई काउकुती लगाउने, छातीमा छुने, खुट्टा मुनी हात लाने प्रयास गरेको बताइएको छ । ती बालिकाका पिताले छोरीलाई फोन गरेपछि राईको दुव्र्यवहार सिलसिला टुंगिएको थियो । राईले अभिभावकको अनुमति बिना ती बालिकालाई स्टेसनबाट घर ल्याएका थिए ।

ब्रिटेनमा कम उमेरमाथि यौन दुर्व्यवहारलाई गम्भीर अपराध मानिन्छ । राईले जेल भुक्तान गरेपछि उनलाई डिपोर्ट गरी आवासीय अधिकार समेत खोस्न सक्ने कानुनविदहरु बताउँछन् ।

फेसबुक प्रतिक्रियाहरु