२०८१ पुस १०, बुधबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं । कोभिड १९ रोकथाम ,नियन्त्रण तथा उपचारसम्बन्धी सरकारको केन्द्रीय कोषमा बेलायतमा व्यवसाय गरिरहेका नेपाली व्यवसायी रविजंग लामिछानेले १५ लाख १७ हजार ७२७ रुपैयाँ सहयोग गरेका छन् ।

उनको सहयोग रकम बराबरको चेक सोमबार सीसीएमसीका संयोजकसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गरिएको छ । रक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा रविका दाजु महेन्द्रजंग लामिछाने, प्राध्यापक खड्ग केसी, नेपाल ब्रिटेन चेम्बर अफ कमर्सका उपाध्यक्ष महन्त श्रेष्ठलगायतले सो चेक उपप्रधानमन्त्री पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

लामिछानेले प्रधानमन्त्रीलाई पठाएको पत्र समेत उपप्रधानमन्त्री पोखरेललाई हस्तान्तरण गरिएको थियो । व्यवसायी लामिछानेले यसअघि भूकम्पको बेला केन्द्रीय राहत कोषमा ५१ लाख रुपैयाँ व्यक्तिगत सहयोग गरेका थिए भने सिन्धुपाल्चोक जुरेको पहिरोको बेला पनि सहयोग गरेका थिए ।

उनले भूकम्पको बेला ८ करोड बराबरका कपडा सरकारलाई हस्तान्तरण गरेको समेत सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले स्मरण गरे । मन्त्री पोखरेलले सरकारले सीमित साधन स्रोतका बाबजुद एउटा प्रयोगशालाबाट हाल ४० वटा प्रयोगशालामा कोरोना परीक्षणको व्यवस्था गरेको बताए ।

कोभिड १९ विरुद्धको लडाइमा सरकार र जनता सँगै अघि बढ्नुपर्ने भन्दै मन्त्री पोखरेलले सरकारका सबै हिसाबकिताब पारदर्शी रहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।