hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetdeneme bonusu veren siteler 2026hepbethepbet girispadisahbet güncel girişsuperbetincasibomsüperbetinsuperbetinsüperbetinsuperbetinbetistbetparkjojobet
२०८३ जेष्ठ १३, बुधबार
  • Namaste Khabar ६ वर्ष अगाडि

नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को बिबाद समाधानको लागि गठित कार्यदललाई नेकपा सचिवालय बैठकले अनुमोदन गरेको छ ।

कार्यदलमा  महासचिव विष्णु पौडेल संयोजक रहेको ६ सदस्यीय कार्यदललाई आजको सचिवालय बैठकले अनुमोदन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन् ।

अध्यक्षद्वयले अन्य नेताहरुसँगको सल्लाहबिना कार्यदल गठन गरेको भन्दै पार्टीका अन्य शीर्ष नेताहरुले असन्तुष्टि जनाएपछि सचिवालय बैठकबाट त्यसलाई अनुमोदन गरिएको हो । ‘पार्टीको समस्या समाधानका लागि दुई अध्यक्षले आफ्नो सहयोगका निम्ति कार्यदल गठन गर्ने पाउँदैनन् भन्ने होइन तर कार्यदललाई अझै उत्साहित ढंगले काम गर्ने बनाउनका लागि यसलाई सचिवालयबाट अनुमोदन गराउनुपर्छ भन्ने मत पनि थियो । आजको बैठकले अध्यक्षद्वयको पहललाई सकारात्मक रुपमा लिँदै बैठकले  कार्यदल गठनलाई अनुमोदन गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने ।

प्रवक्ता श्रेष्ठले बैठकले कार्यदललाई शुभकामना दिँदै छिटोभन्दा छिटो आफ्नो प्रतिवदेन पेश गर्ने आशा व्यक्त गरे । उनले कार्यदलका लागि समयसीमा नतोकिएको पनि जानकारी दिए । नेता श्रेष्ठले अब कार्यदलबाट प्राप्त सुझावको आधारमा अध्यक्षद्वयले प्रस्तुत गर्ने प्रतिवदेनको प्रतिक्षा रहेको जिकिर गरे । ‘प्रधानमन्त्री ओलीले भनेजस्तै समयमा नै पहदलकदमी भएको छ,’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु