काठमाडौं: नेपालि बजारमा लगातार उकालो लागेको सुनको भाउ बुधबार ह्यात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य एकै चोटी तोलामा ६ हजार २०० रुपैयाँले घटेको छ ।
अघिल्लो दिन तोलामा १ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार घटेर ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । गत साउन २३ मा तोलामा १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको सुनको मूल्य त्यससता भने क्रमशः घट्दै गएको छ ।
अहिले तेजावी सुन तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । भने चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १४३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १२१० रुपैयाँमा कारोबार भएको हो ।