काठमाडौं । आज बस्ने नेकपाको स्थायी समितिले कुनै निर्णय गर्न नसके (नेकपा)को विवाद अब केन्द्रीय कमिटीमा पुग्ने भएको छ । असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक निर्णय गर्न असफल भएपछि विवादित विषयको निरुपण गर्ने जिम्मा केन्द्रीय समितिमा लैजाने तयारी भएको हो ।
प्रधानमन्त्री ओली पहिले स्थायी कमिटी बैठक नै बोलाउने पक्षमा थिएनन् । नेताहरुको चर्को दवाव परेपछि उनी गत असार १० गतेबाट स्थायी कमिटी बैठक बोलाउन सहमत भएका थिए । स्थायी कमिटि बैठकमा आफ्नो राजिनामाको प्रसङ्ग उठ्ने संकेत देखेपछी ओलीले स्थायी समिति र सचिवालयमा आफ्नो बचाउ गर्न नेताहरुलाई उत्रार्न निकै ठुलो कसरत गरे । यतिमात्र होइन उहाले अर्का अध्यक्ष प्रचण्डको बिरुद्धमा र आफ्नो पक्षमा जनता उतार्न पनि ठुलो प्रयास गरे । अन्ततः उनको पक्षमा बहुमत नेता नपुगेपछि कहिले उनले बैठक नै छाडेर हिँड्ने त कहिले विषयवस्तुलाई मोड्न अनेकन विषय बाहिर ल्याए ।
‘आफुलाई हटाउन भारत सक्रिय भएकोदेखि अयोध्या नेपालमै पर्छ भन्नेसम्मका अभिव्यक्ति ओलीले दिनुपर्यो । ति विषय कुनै प्रशंगबिनै आएपछि ओली अभिव्यक्तिको एकपछि अर्को विवादमा तानिए । तर पनि महोल उनको राजीनामाबाट टरेन । सचिवालय र स्थायी समिति बैठक नै बोलाउन नमान्ने ओलीले केन्द्रीय समिति बैठक बोलाउन सहमत हुनु अर्को आश्चर्य हो ।
अव केन्द्रीय समिति बैठक बस्दा सम्म पनि ओली प्रचण्ड र माधव नेपालहरुबीच ठोस सहमति नबने अर्को कुनै न कुनै फण्डा नआउला भन्न सकिन्न ।