काठमाडौं । समाजवादी पार्टीको नेत्री सरिता गिरीको सांसद पद गएको छ । गिरिले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्सा निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा बिरोध गर्नुका साथै संसोधन प्रस्ताब संसदमा दर्ता गराएको थियो | यहि कारणले समाजबादी पार्टीले संसद गिरीको पद खाइदिएको हो ।
यो भन्दा अगाडिनै गिरीलाई पार्टीले कारबाही गर्ने भनिए पनि हटाउने कि नहटाउने भन्ने बिषयमा पार्टीमा बिबाद हुदा कारबाही हुन सकेको थिएन ।
पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसैअनुसार कारवाहीको निर्णय भएको समाजवादी पार्टी स्रोतले जनाएको छ ।





