hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetjojobethepbethepbet girisholiganbetjojobetsüperbetinsuperbetinsüperbetin girişbetparksüperbetinpadisahbet güncel girişsüperbetinsuperbetinjojobet
२०८३ जेष्ठ १२, मङ्लबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमाडौं:  पछिल्लो समय भारत र आफ्नै पार्टीको नेताहरुले आफुलाई प्रधानमत्री पदबाट हटाउन खोजेको भन्ने बिबादास्पद अभिब्याक्ति  दिएपछि अहिले प्रधानमन्त्री ओलीको पार्टीमा तिब्र आलोचना भइरहेको  छ भने स्थायी समितिका बहुमत् सदस्यहरुले ओलीको राजिनामा समेत माग गरेका  छन ।

यसरि आफ्नो पद  संकटमा परेपछी  ओलीले आफु निकटका मन्त्रीहरुलाई बालुवाटारमा बोलाएर आफुलाई सहयोग गर्न आग्रह र आफ्नो पक्षमा कार्यकर्ताहरु सडकमा उतार्न समेत निर्देशन दिएको थियो । पछी ओलीलाई हटाउन नहुने भन्दै पार्टीका अर्का अध्यक्षको बिरोध गर्दै केहि युवाहरुले ओलीको पक्षमा जुलुस समेत निकालीका थिए ।

यसरि दिउसो नारा लगाएर ओलीको पक्षमा  राष्ट्रभक्तिको गान गाउदै थाकेका ओली सम्बद्ध अखिलका  युवाहरु राति भने दारु पार्टीमा रमाइरहेका भिडियो सार्बजानिक भएको छ । भिडियो सार्बजानिक हाम्रा कुरा डटकम ले गरेका हुन् |    हाम्रा कुरा डट कमले “नेकपा संकटमा हुँदा ओली निकट विद्यार्थी खुसियालीमा, मध्यरातमा डान्स पाटी” भन्दै समाचार समेत प्रकासित गरेको छ । पूर्व सभामुख कृष्ण बहादुर महरा र रोशनी को अडियो टेप का साथै गोकुल बास्कोटाको टेप रेकर्ड पनि सार्बाजानिक गरेका थिए ।

हाम्रा कुरा ले लेखेको छ

‘संकट गहिरिएकै बीचमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट केहि व्यक्तिहरुले नेकपा एमाले दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिए। यो विषय नेकपाको जारी स्थायी समिति वैठकमा समेत उठ्यो। 

तत्कालिन नेकपा एमालेका कतिपय नेताले यदि नेकपा फुटिहाले नेकपा एमालेलाई आफ्नो पार्टी बनाउन केपी ओलीको निर्देशनमा दल दर्ता गरेको बताए। यसले नेकपाका पूर्व एमाले र पूर्व माओवादीमा पनि हलचल नै भएको छ। 

पूर्व एमालेका विद्यार्थी र यूवाहरु यहि बीचमा सडकमा उत्रिएर ओली इतरका नेताहरुको बिरोध पनि गरे। दिनभर बिरोधमा उत्रिएका यूवा विद्यार्थीहरु पार्टी नै फुटिहाले पुरानै एमालेमा जान पाइने भन्दै रमाएका दृश्य पनि देखिए। अखिलकै कार्यकर्ताहरुले खिचेको भिडियो हाम्राकुरालाई प्राप्त भएको छ। 

अखिलका केन्द्रीय सदस्यहरु उमेश आचार्य, नरेश रोकाया, विरेन्द्र रावल, घनश्याम पुन, सुदिप कार्की, सीटीईभीटी अध्यक्ष उमेश थापा लगायत यूवाहरु आइतवार मध्यरातमा ‘मै पनि एमाले सहि पनि एमाले’ भन्दै नाचेका थिए। दुई पार्टी मिलेर नेकपा बनिसक्दा पनि नेकपा यूवा विद्यार्थीहरुको एमाले मोह अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ।

भिडियो  हेर्नुहोस

फेसबुक प्रतिक्रियाहरु