टोकियो: वर्षाको कारण जापानको दक्षिणपश्चिमको कुशु क्षेत्रमा गएको वाडी, पहिरो र डुबानमा परि कम्तिमा २७ जनाको मृत्यु भएको छ ।
डुबानबाट कुमामोटो प्रान्तका बासिन्दाहरू सबैभन्दा बढी प्रभावित भएका छन्। स्थानीय अधिकारीहरूले रिपोर्ट अनुसार सोमबार सम्म २७ जना मानिसहरुले ज्यान गुमाइसकेका छन् भने ११ जना हराइरहेका बताइएको छ ।
एनएचकेका अनुसार जापानको कुमामोतो र कागोशिमा प्रिफेक्चरमा केही ठाउँमा बाढीले ठूलो संख्यामा घरहरु बगाएको छ । जापानी सञ्चारमाध्यमहरुका अनुसार नर्सिङ होमका १४ जनाको मृत्यु भएको छ । त्यस्तै अन्य १७ जनाको पनि मृत्यु भएको आशंका गरिएको एनएचकेले उल्लेख गरेको छ । बाढीपहिरोमा परि दर्जनौं बेपत्ता भएका छन् ।
दुई वटा प्रिफेक्चरका ७५ हजारभन्दा बढी व्यक्तिलाई उद्धार गर्नुपर्ने अवस्था रहेको जापानी अधिकारीहरुले चेतावनी दिएका छन् । भने क्युशु क्षेत्रमा सोमबार र मंगलबार मुसलधारे वर्षाको पूर्वानुमान गरिएको छ।