२०८१ फाल्गुन १२, सोमवार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौैं: सशस्त्र प्रहरीले दार्चुलामा तीन वटा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ ।

भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेकको नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि सरकारले दार्चुलाको सीमा सुरक्षामा उपस्थिति बढाइरहेको छ । त्यही क्रममा बिहीबार एकैदिन दार्चुलामा तीन वटा बीओपी स्थापना गरिएको हो ।

सशस्त्र प्रहरी बलको मुख्यालय, हल्चोकका एक अधिकृतका अनुसार दार्चुलाको मालिका अर्जुन गाउँपालिका–४, जोलजिबी, लेकम गाउँपालिका–३, लाली र ब्यास गाउँपालिका–२, दुम्लिङमा बीओपी राखिएको छ ।

यसअघि सरकारले कालापानीबाट केही वर छाङरुमा बीओपी राखिसकेको छ । तीन वटै बीओपीको सशस्त्र प्रहरी बल नम्बर ७, बैध्यनाथ बाहिनीका बाहिनिपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले उद्घाटन गरेका थिए । बिपिओ स्थापन भइसके पश्चात ससत्रले  छाङरुदेखि तिङ्कर भन्ज्याङ जाने बाटो समेत मर्मत गर्न सुरु गरेको  छ । सशस्त्र प्रहरीका निरीक्षक लिलिबहादुर चन्द नेतृत्वको टोलीले करिब ११ किलोमिटरको गोरेटो बाटो मर्मत गरेको छ ।

स्थानीयवासीसँगको सहकार्यमा सुख्खा तथा हिउँ पहिरो हटाएर गोरेटो बाटो सुचारु गराइएको सशस्त्र प्रहरीले जनाएको छ । सुख्खा पहिरोका कारण लामो समयदेखि उक्त गोरेटो बाटोमा आवतजावत बन्द भएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु