काठमान्डौ: प्रधानमत्री पद धरापमा परेपछि एका बिहानै आफु निकट मन्त्रीहरुलाई छलफलका लागि बालुवाटार बोलाएका ओलीले पूर्व माओबादीका मन्त्रीहरुलाई नबोलाइ आफु निकट मन्त्रीहरु संग मात्र छलफल गरेको छ ।
स्थायी कमिटी बैठकमा बहुमत सदस्यहरुले राजीनामा मागेपछि संकटमा परेको ओलीले एका बिहानै आफु निकट मन्त्रीहरुलाई बालुवाटार बोलाउनुलाइ चासोको रुपमा हेरिएको थियो । छलफलमा नबोलाएका कारण पूर्वमाओवादी मन्त्रीहरु वर्षमान पुन (अनन्त), गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र विना मगर उपस्थित भएंनन । तर ओलीसँग नजिकिएका पूर्वमाओवादी मन्त्रीहरु रामबहादुर थापा (बादल) र लेखराज भट्ट भने बालुवाटार गएको बालुवाटार स्रोतले बताएको छ ।
छलफलमा ओलीले आफुलाइ चारैतिरबाट घेराबन्दी गरेकोले सहयोग गर्न आग्रह गरेको बुझिएको छ ।





