काठमान्डौ: पूर्व राजा ज्ञानेन्द्रले भारतप्रति लक्षित गर्दै हाम्रा पूर्खाले दुःखले आर्जेको यो माटोमाथि कसैको गिद्धेदृष्टि सह्य हुनेछैन भनेर चेतावनी पूर्ण अबिब्याक्ति दिनु भएको छ ।
उहाले आकारले कुनै देशको महत्व निर्धारण नगर्ने र सार्वभौमसत्ता कुनै विशाल माटोको थुप्रो भन्दा प्यारो हुने बताउनु भएको छ | यसको साथै नेपाल सरकारले आफ्नो सम्पूर्ण भूभाग समेत समेटिएको नक्सा बिस्व सामु प्रस्तुत गर्नु सर्हानिय काम भन्दै खुसि समेत ब्यक्त गर्नु भएको थियो |
पूर्व राजा ज्ञानेन्द्र शाह को स्टाटस
हाम्रा पूर्खाले दुःखले आर्जेको यो माटोमाथि कसैको गिद्धेदृष्टि सह्य हुनेछैन। नेपालीहरु आफ्नो गौरव कायम राख्न सक्षम छन् भन्ने कुरामा कसैले शंका नगर्दा हुन्छ। आकारले कुनै देशको महत्ता निर्धारण गर्दैन। हाम्रो सार्वभौमसत्ता कुनै पनि विशाल माटोको थुप्रो भन्दा निक्कै प्यारो छ हामीलाई ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) May 21, 2020





