२०८१ पुस २०, शनिबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं : नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण भएको  पुष्टि भएको छ । यो संगै कोरोना भाइरसको संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा गरिएको परिक्षण अनुसार ९ जनामा कोराेना पुष्टि भएको हो ।

नयाँ पाेजिटिभ देखिएका मकवानपुर निवासी ३७ वर्षीय पुरुष; बाँके, नैनापुर-०१. ०३ र ०५ निवासी १८, २०, २२, २५, २५, २७, ३२. ३६ वर्षीय पुरुष  रहेका छन । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र  स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु