२०८१ पुस ८, सोमवार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं ।नेपालमा  थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

केही दिन एता नयाँ संक्रमितको संख्यामा दर्जनले बृदी भइराखेका छन । संक्रमित २४ जनामध्ये रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

थपिएका संक्रमित मध्ये ९ जना गैडहवा गाउँपालिकाका वडा नं. २ जोगडाको एकै परिवारका हुन् । उनीहरु तीन महिला र ६ जना पुरुष छन् । अर्का एकजना पुरुष पनि गैडहवा गाउंपालिका जोगडाकै हुन् ।

उनीहरु सबै एक हप्ता अघि भारतको मुम्बईबाट आएका हुन् । उनीहरु घर आउँदै गरेको थाहा भएपछि स्थानीयबासीले जोगडा माविको क्वारेन्टाइनमा ल्याएर राखेका गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले जानकारी दिए

उनीहरू मध्ये चार जना सुरक्षाकर्मी हुन् । दुई जना नेपाल प्रहरीका सई र हवल्दार छन् भने एक जना सशस्त्र प्रहरी बलका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई छन् ।

नवलपरासीमा ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि बुधबार दिउँसो २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु कपिलवस्तु र बाँकेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।