काठमाडौं: नेपालमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कपिलवस्तु १६ जना, रुपन्देहीमा ६ जना, बर्दियामा १ जना र सप्तरीमा १ जना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसंगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १३१ पुगेको छ । यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिका, त्यसै रुपन्देहीको समरीमाइ गाउँपालिका र लुम्बिनी सांस्कृतिक गाउँपालिका, बर्दिया र सप्तरीमा १-१ जना गरी २४ जना नयाँ संक्रमित फेला परेका हुन् ।
संक्रमितहरुमा ११ देखि ४० वर्ष उमेर समूहका रहेका छन् । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।-