२०८१ मंसिर ९, आइतवार
  • Namaste Khabar ५ वर्ष अगाडि

युएई: दुबईको शारहजामा एकै दिन २२ नेपाली  महिला कामदार कामदारहरुमा कोरोना भाइरस(कोभिड-१९) को संक्रमण भेटिएको छ।

शारहजाको एक क्लिनिङ कम्पनीमा एकैदिनमा ६१ जना महिला कामदारहरुमा कोभिड-१९ पोजिटिभ देखिएको थियो। पोजिटिभ हुनेमा २२ जना सबै  नेपाली महिला कामदारहरु रहेको छ । उक्त कम्पनीमा सयको हाराहारीमा नेपाली महिला कामदारहरु कार्यरत थिए।

संक्रमित हुनेहरुलाई कम्पनीले आफ्नै क्वारेन्टाइन बनाएर अलग राखेको छ। उनीहरु स्कुल, कलेज, बैंक, विभिन्न अफिसहरुमा हाउस किपिङको काम गर्ने बताएको छ । स्कुल, कलेजमा काम गर्नेहरु बेतलबी बिदामा छन् भने  बैंक तथा अन्य प्रतिष्ठानहरुमा काम गर्नेहरु नियमित ड्युटी गरिरहेका छन्।

दुबईमा मात्र अहिलेसम्म ४४ जना नेपाली संक्रमित भएका छन् । जसमध्ये १२ जना उपचार पछि निको भएको, ५ जनाले कम्पनी क्वारेन्टाइनमा, २ जनाले आफ्नै निवासको सेल्फ क्वारेन्टाइनमा र २५ जनाले दुबई सरकारको क्वारेन्टाइनमा स्वास्थलाभ गरिरहेका छन्।

हाल सम्म युएईका सबै राज्यमा गरी एकसय ४९ जना नेपाली कोरोना संक्रमित भएका छन् । जसमा २७ जना उपचारपछि निको भएका छन् भने ६ जना नेपालीले  कोरोनाका कारण ज्यान गुमाएका छन्।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।