२०८१ मंसिर १, शनिबार
  • Namaste Khabar ५ वर्ष अगाडि

राजविराज — राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रिय सभामा सो पार्टीका प्रमुख सचेतक मृगेन्द्रकुमार सिंह यादवले राजपा र समाजवादी पार्टीबीचको एकतालाई आठजना नेताबीचको एकता भएको बताएका छन् ।

नेता यादवले हडबडमा भएको घोषणाले गडबड निमत्याउने बताए। ‘हामी पर्ख र हेरको अवस्थामा छौं,’उनले भने। मृगेन्द्र राजपाको दोस्रो तहका प्रभावशाली नेता हुन्।

‘हडबडको काम सधैं गडबड हुन्छ,’पूर्वमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष यादवले भने,‘यो एकता दुईवटा पार्टीको नभई विज्ञप्तीमा हस्ताक्षर गर्ने आठजना नेताबीच मात्र भएको हो।’

‘प्रधानमन्त्री ओलीले अध्यादेश ल्याए,पार्टी फुटको हल्ला चल्यो अनि हडबडमा कुनै तयारी बिना १२ बजे राति पार्टीको एकता गर्ने सहमतिको घोषणा हुन्छ,’ यादवले भने,‘यो एकताको सहमतिले आगामी बाटो धेरै असहज छ।’

‘पूरा पार्टीमा कसैलाई जानकारी छैन्,’ उनले भने,‘राजपाका दुईजना अध्यक्षमण्डलका सदस्य खोइ?’ पार्टी विधान अनुसार राजपाको केन्द्रीय समितीको बैठक बस्ने अवस्था नरहे अध्यक्षमण्डललाई निर्णय गर्ने अधिकार प्रत्यायोजन गरिएको उल्लेख गर्दै यादवले अध्यक्ष मण्डलको ६ जनैको सर्वसम्मत निर्णय हुनुपर्ने बताए। उनले सहमति पत्रमा अनिल झा र राजकिसोर यादवको कतै हस्ताक्षर नभएकाले एकता विषय केही नेताको व्यक्तिगत एकता मात्र रहेको बताए।

‘हामी पनि एकताका पक्षधर हौं,तर दुई पार्टीबीच एकताका विषयका लागि धेरै कुरा टुंग्याउनुपर्छ जुन गरिएको छैन् त्यसकारण यो एकता ८ जना नेताका बीचमा मात्र भएको हो,’ यादबले भने।

बुधवार राति राजपा र समाजवादी पार्टीबीच एकता गर्ने सहमति सार्वजनिक भएको थियो। जुन सहमति पत्रमा राजपाका तर्फबाट महन्थ ठाकुर,राजेन्द्र महतो,शरदसिंह भण्डारी र महेन्द्रराय यादवको मात्रै हस्ताक्षर छ। अध्यक्ष मण्डलका अन्य दुई सदस्य अनिल झा र राजकिसोर यादवको सहमति पत्रमा हस्ताक्षर नहुनुलाई कार्यकर्ता वृतमा शंका उत्पन्‍न गराएको छ आजको कान्तिपुर दैनिकमा समचार छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।
शक्तिशाली आँधीपछि टोकियो आसपासका क्षेत्र सामान्य बन्दै, शिन्कानसेन बुलेट ट्रेन नियमित सेवा सुचारु,हवाई यात्रा भने अझै प्रभावित ।
शक्तिशाली टाइफुन टोकियो नजिक, शुक्रबार रातिसम्म  भीषण हावाहुरी र वर्षा हुने सम्भावना