२०८२ फाल्गुन २८, बिहिबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमाडौं । अन्तत: प्रधानमन्त्रि केपी शर्मा ओलीले  जारि विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी भित्र बाहिर अध्यादेशबारे तिब्र आलोचना र बिरोध  भएकोले फिर्ता लिन आग्रह गरेको थियो ।  प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड बिच बिहान  अध्यादेशबारे छलफल भएको थियो ।

छलफलमा प्रचण्डले नेताहरुको मागवमोजिम तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश फिर्ता लिन आग्रह गरेको थियो ।

बरिष्ठ  नेता माधवकुमार नेपालले पनि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिँदा तत्काललाई पार्टीभित्रको दुर्घटना टर्ने नेता नेपालले प्रधानमन्त्री ओलीलाई  सुझाव दिएका छन् ।

छलफलमा प्रधानमन्त्री ओलीले पनि अध्यादेश फिर्ता लिने वचन दिएको बालुवाटार स्रोतले जनाएको छ । ओलीले  कानूनविदहरुसँग परामर्श गर्ने र अध्यादेश फिर्ता लिने बताएको स्रोतको भनाइ छ । संविधानको धारा ११४ (२) ख मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जुनसुकै बेलामा फिर्ता लिन सक्ने प्रावधान छ ।

स्वयंम नेकपाका २० जना स्थायी कमिटी सदस्यले पछिल्लो राजनीतिक घटनाक्रमको छलफल गर्न स्थायी कमिटी बैठक माग गर्दै अध्यक्षद्धयलाई लिखित पत्र बुझाएका छन् । बैठक माग गर्ने स्थायी कमिटी सदस्यहरु प्रचण्ड र माधव नेपाल निकट छन् ।

फेसबुक प्रतिक्रियाहरु