काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमनमा परि ५० जनाले ज्यान गुमाएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार यससँगै कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या ६ सय ४० पुगेको छ ।
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९ हजार नौ सय ८४ पुगेको छ भने पछिल्लो २४ घण्टामा एक हजार तीन सय ८४ जना नयाँ संक्रमित थपिएका छन् ।
Advertise Here
सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई सय ५१ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै गुजरातमा ९०, मध्यप्रदेशमा ७६, दिल्लीमा ४७ जना, उत्तर प्रदेशमा संक्रमित हुनेको संख्या एक हजार दुई सय ९४ पुगेको छ भने २० जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा एक सय २६ संक्रमित देखिएका छन् भने दुईजनाको मृत्यु भइसकेको छ ।