२०८१ मंसिर १, शनिबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं : सत्तारुढ दल नेकपाभित्रका पूर्व माओवादी धारका नेताहरूले पार्टीमा गम्भिर संकट देखा परेको भन्दै सुढृढ पार्टी एकताको पहल लिन अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन्। राजनीतिक अस्थिरतालाई स्वीकार गर्ने गरी पार्टी विभाजन गर्दा पार्टी वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत सदस्य संख्या पुर्‍याए पुग्ने गरी राजनीतिक दल सम्बन्धी ऐन संसोधन गर्ने अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तब्य , अधिकार र कार्यविधि) सम्बन्धी ऐन संसोधन गर्ने अध्यादेश प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र छलफल नै नगराई ल्याएपछि नेकपाभित्र नेताहरूबीच कित्ताकाट र धुव्रिकरण बढेको छ।

जसकाकारण सत्तासिन दल नेकपा विभाजनसम्म पुग्नसक्ने आशंका हुन थालेपछि दाहाललाई पार्टी नेताहरूले त्यस्तो आग्रह गरेका हुन्। विश्वव्यापी महामारीको रूप लिएको कोरोनाविरुद्ध मुलुक लकडाउनमा रहेको र आफू पक्षधर नेताहरूको संयुक्त छलफल चलाउँदा गुटबन्दीको आरोप लाग्ने देखिएपछि अध्यक्ष दाहालले आफू निकट नेताहरूसँग विकसित राजनीतिक घटनाक्रममा विषयमा अलग–अलग छलफल मंगलबार दिनभर जसो गरिरहे। आफ्नै निवास खुमलटारमा दाहालले मंगलबार स्थायी समिति सदस्यहरू देवेन्द्र पौडेल, देव गुरुङ, वर्षमान पुन, जर्नादन शर्मा, केन्द्रीय सदस्य ओनसरी घर्तीलगायतका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

दाहालसँग अलग–अलग भेट गरेको नेताहरूले प्रधानमन्त्री ओलीले चाल्ने आगामी कदमबाट सचेत र सजग रहँदै पार्टी एकतालाई सुढृढ गर्ने दिशामै अध्यक्ष दाहाललाई भूमिका खेल्न सुझाएका छन्। दाहालसँग भेट गरेका नेताहरूकाअनुसार प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेश देखाउँदा मधेसवादी (समाजवादी र राजपा)का विरुद्ध जस्तो देखिए पनि रणनीतिक रूपमा आफ्नै पार्टीभित्रै लक्षित छ। दाहालले पनि आफूलाई भेटन आएका नेताहरूलाई सोही आधारमा ब्रिफिङ गरेको अन्नपुर्ण पोष्ट मा खबर  छ ।

पार्टीभित्र छलफल गरी राष्ट्रिय महत्वका विषयमा सरकारले निर्णय लिनुपर्नेमा ओलीले अघि–अघि सरकार र पछि–पछि पार्टी बनाउने गरी निर्णयहरू लिन थालेको विषयमा अध्यक्ष दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत सचिवालयका नेताहरू सन्तुष्ट थिएनन्। खासगरी सभामुख चयन प्रकरण, एमसीसी प्रकरण, वामदेव गौतमलाई राष्ट्रियसभा लैजानेलगायत पार्टी निर्णयमा देखिका कतिपय विषयमा ओली अल्पमतमा छन्।

 

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।
शक्तिशाली आँधीपछि टोकियो आसपासका क्षेत्र सामान्य बन्दै, शिन्कानसेन बुलेट ट्रेन नियमित सेवा सुचारु,हवाई यात्रा भने अझै प्रभावित ।
शक्तिशाली टाइफुन टोकियो नजिक, शुक्रबार रातिसम्म  भीषण हावाहुरी र वर्षा हुने सम्भावना