२०८२ बैशाख ७, आइतवार
  • Pramesh Tamu ८ बैशाख २०७७, सोमबार

क्यानडा:  पूर्वी क्यानडामा भएको एक गोलीबारीमा  कम्तिमा १० व्यक्तिले ज्यान गुमाएको छ| 

आइतवार राति  नोभा स्कोसि या प्रान्तमा एक जना व्यक्तिले  गोलि अन्धा धुन्दा  गोलि चलाउदा कम्तिमा १० व्यक्तिले ज्यान गुमाएको हो

क्यानाडा पुलिसको अनुसार  बन्दुकधारी  ५१  बर्षे नोभा स्कुशिया निवासी गब्रिएल वोर्टमैन रहेको पुस्टि भएको छ । उक्त बन्दुकधारी ब्याक्ति  वोर्टम्यानको पनि आइतबार बिहान सुरक्षाकर्मिसँग दोहोरो गोलि हानाहान गर्ने क्रममा मृत्यु भएको छ ।

स्थानीय मिडियाको अनुसार  आक्रमणकारीले डेन्चर क्लिनिक चलाएका थिए । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले आइतबार एक विज्ञप्ति जारी गर्दै भने, “हाम्रा प्रियजनहरू गुमाएका मानिसहरूप्रति हाम्रो हार्दिक भावना छ।”

क्यानाडामा शूटिंङ् घटनाहरू विरलै पाइन्छन्। क्यानडासँग  बन्दुक नियन्त्रण कानूनहरू छन्।

 

फेसबुक प्रतिक्रियाहरु