२०८१ फाल्गुन १२, सोमवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमाडौं । यसबेला सारा विश्व कोरोना भाइरसको कारण ग्रस्त बनेको छ । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै विश्वका अधिकांश देशहरुले संक्रमण फैलिनबाट रोक्नका लागि पूरा देश लकडाउन गरेका छन् ।

लकडाउनका कारण मानिसहरु घरमै थुनिएर बस्न बाध्य छन् । यसैबीच स्पेनकी एक महिलाले बीच सडकमा तमासा देखाएकी छन् ।

सरकारले लगाएको लकडाउनलाई तोडेर घर बाहिर निस्किएकी ति महिलालाले बीच सडकमा सबै कपडा खोलेर तमासा देखाएकी हुन् ।

लकडाउन तोडेपछि उनलाई प्रहरीले समातेर कोर्टमा पेस गरेको थियो । पुलिसले कोर्टमा पेस गरेपछि उनले झनै हंगामा मच्चाइन् ।

उनलाई अदालतले केहि जरवाना तिराएर रिहा गरिदिएको थियो । रिहा भए लगत्तै उनी बीच सडकमा निस्किइन् र आफूले लगाएका सबै कपडा खोलेर तमासा देखाउन थालिन् ।

४१ वर्षीया ति महिलाले लकडाउन तोडेर यस्तो हर्कत गरेपछि सबै अचम्ममा परेका छन् । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण १ लाख ४८ हजार ७२९ जनाको ज्यान गएको छ भने २२ लाख ८ हजार ३१६ जनालाई संक्रमण भएको छ । त्यस्तै ५ लाख ५८ हजार ६२० जना उपचार पछि निको भएका छन् ।

त्यस्तै स्पेनमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कराण १९ हजार ३१५ जनाको ज्यान गएको छ भने १ लाख ८४ हजार ९४८ जनालाई संक्रमण भएको छ । त्यस्तै स्पेनमा ७ हजार ३७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

एजेन्सीको सहयोगमा

फेसबुक प्रतिक्रियाहरु