टोकियो: जापान सरकारले गत साता, सात प्रान्तहरुमा लगाएको संकटकाललाइ जापानभरि लागु हुने गरि बिस्तार गरेको छ ।
कोरोनाभाइरसको बढ्दो प्रकोपलाइ रोक्न जापान सरकारले टोकियो लगाएत कानगावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओका गरि सात प्रान्तहरुमा आपतकालीन घोषणा गरेको थियो ।
मानिसहरुको बढ्दो आवागमनका कारण भाइरस संक्रमण सहरबाट ग्रामीण क्षेत्रमा फैलदै गैरहेकोले आगामी लामो बिदाको अवधि अप्रिल महिनादेखि मेको सुरुतिर सम्म जनताको आवागमन न्यूनीकरणका लागि केहि उपायहरू अपनाउने समेत बताएको छ ।
अधिकारीहरूले देशव्यापी रूपमा आपतकालीन अवस्थाको आधिकारिक घोषणा गर्न बिहीबार पछि टास्क फोर्स बैठक गर्ने योजना गरेको बताएका छन्। यसले जापानभरिका प्रशासकहरूलाई भाइरससँग लड्न विभिन्न उपायहरू गर्न अनुमति दिनेछ।
अहिलेसम्म जापानमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १९० पुगेको छ भने ७ हजार ५ सय ५० जनामा एक्टिभ संक्रमण रहेको छ । संक्रमणको एक चौथाई भन्दा बढी टोकियोमा रिपोर्ट गरिएको छ । आज बिहीबार मात्र राजधानी टोकियोमा १४ नया केसहरु रिपोर्ट गरेको छ ।