टोकियो: कोरोना भाइरसको फैलावटको रोकथाम गर्न समयमै कडा कदम नचालिए जापानमा कम्तिमा ४० हजार मानिसहरुले कोरोना भाइरसको संक्रमनको कारण ज्यान गुमाउनु पर्ने जापानका बिज्ञहरुले चेतावनी दिएको छन |
बिज्ञहरुले कोरोनाभाइरसको संक्रमणको प्रकोपलाई रोक्न मानव सम्पर्क घटाउनु पर्नेमा जोड दिएका छन | जापानमा अहिलेसम्म ७ हजार ७ सय ५० एक्टिभ केसहरु रहेको छ | भने १६८ जनाको स्वास्थ्य स्थति गम्भीर र १७८ जनाले यस भाइरसबाट ज्यान गुमाइसकेको छ |