२०८१ फाल्गुन १३, मङ्लबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमाडौँ, २ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृ, अनेरास्ववियुको पूर्वअध्यक्ष तथा प्रतिनिधिसभाको सांसद नविना लामाले काठमाडौँको पेप्सीकोला क्षेत्रका सबै जनताको स्वास्थ्य परिक्षण गर्नुपर्ने माग राखेका छन ।

पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा गत चैत ५ गते वेलायतबाट आइ बसेका एकै परिवारका दुई जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि उक्त स्थानका सवै नागरिकको स्वास्थ्य परिक्षण गर्नुपर्ने बताएका हुन । उक्त अपार्टमेन्टमा सरकारले घोषणा गरेको लकडाउन उलंघन तथा सरकारलाई नै चुनौति दिँदै ठूलो संख्यामा भेला भई कार्यक्रम समेत भएकाले उक्त क्षेत्रका सवै नागरिकको स्वास्थ्य परिक्षण गर्नुपर्ने जोड दिए । लामाले आफ्नो सामाजिक सञ्जाले फेसबुकमा एक स्ट्याटस लेख्दै  कोराना रोकथाम तथा नियन्त्रणको लागि सरकारको फ्रिज हुने बजेट समेत प्रयोग गर्नुपर्नेमा जोड दिए ।

सांसद लामाको स्टाटुस

चैत्र ५ गते लन्डनबाट सनसिटी अपार्टमेन्टमा आएर बसेको आमा बुवा छोरीले सरकारक़ो नियमलाई ठाडो चुनौति दिएका देखीन्छ १ अब संक्रमण संख्या यसरी बढ्यो भने लकडाउन कसरी प्रभावकारी हुन्छ रु अब सरकारले यो पेप्सीकोला क्षेत्रको सबै जनताको स्वास्थ्य जाँच गर्नु पर्छ । सरकारको कार्यसम्पादनलाई तिब्रता दिनुपर्छ । सहयोग दिनेहरुको सहायतालाई परिचालन गर्नुपर्दछ । सरकारको फ्रिज हुन लागेको बजेट प्रयोग गरि र बिभिन्न कोषमा रहेको रकम प्रयोग गरिहाल्नु पर्दछ ।’

फेसबुक प्रतिक्रियाहरु