२०८१ फाल्गुन १३, मङ्लबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमाडौं: को;रोना भाइरस (को’भिड -१९) को महामारीको मौका छोपेर थर्मल गनमा कालोबजारी गरेको अभियोगमा प’क्राउ परेका व्यापारी सुलभ अग्रवाललाई थप ५ दिन हि’रासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक रहेका अग्रवालमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार ५ दिनको म्याद थप गरेको महा नगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । यस अघि उनी वि’रुद्ध ७ दिनको म्याद थप भएको थियो। दोस्रो पटक ५ दिनको म्याद थप भएको हो। साढे २४ सयमा किनेको थर्मल गन १५ हजारमा बेच्न खोज्दा अग्रवाल प’क्राउ परेका थिए।

ज्वरो नाप्ने थर्मल गन (डिजिटल थर्मोमिटर) का’लो बजारी गरेर बिक्री गरेको आ’रोपमा गत मंगलबार दिउँसो उनी पक्राउ परेका थिए । अग्रवालले चीनको गोन्जाउबाट २१ गते थर्मल गन ल्याएका थिए । अग्रवालको कम्पनीले चीनबाट सेटिङमा आफ्नो मात्रै सामान ल्याएको थियो। सेटिङमा आफ्नो कम्पनीको मात्रै मेडिकल उपकरण तथा औषधि ल्याउँदै सामान का’लो बजारीमा बिक्री गरिरहेको पाइएको हो।

फेसबुक प्रतिक्रियाहरु