२०८१ फाल्गुन १३, मङ्लबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

कोरोना भाइरसको संक्रमण बढ्न नदिनका लागि सरकारले जारी गरेको लकडाउनमा प्रेमिका भेट्न झापा आएका युवा प्रहरीको फन्दामा परेका छन् । सिरहाबाट मोटरसाइकलबाट झापाको अर्जुनधारा आएका एक प्रेमीसहित उनका साथी प्रहरीको फन्दामा परेका हुन् । अर्जुनधारा ८ को कुशल चौकस्थित एक घरमा उनीहरु शुक्रबार राति आएका थिए ।

छिमेकीले बाहिर जिल्लाबाट दुई युवा अर्जुनधारा आइ बास बसेको खबर प्रहरीलाई जानकारी गराएका थिए । सोही जानकारीका आधारमा प्रहरीले नगरपालिकाको स्वास्थ्य शाखामा खबर गरेको थियो । ती युवाहरुलाई शनिश्चरे प्रहरी चौकी, सशस्त्र प्रहरी बल र स्वास्थ्यकर्मीको टोलीले बास बसेको घरबाट उद्दार गरी क्वारेन्टाइनमा राखेको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु