टोकियो: कोरोना भाइरसको तिब्र संक्रमणलाइ रोक्न जापान सरकारले सात ओटा केनमा लगाएको स्टेट अफ इमर्जेन्सी (संकट काल) को प्रभाब सामान्य रहेको छ |
संकटकाललाई धेरैले उत्सुकताको साथ केहि असहज परिस्थिति सृजना हुन सक्ने आसंका र विभिन्न अड्कल बाजी गरेपनि संकट काल ( स्टेट अफ इमर्जेन्सी) को दोस्रो दिन सामान्य तवरले बितेको छ |
कोरोना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई तोकिएको क्षेत्र भित्र र बाहिर गैर-आवश्यक यात्राहरू रोक्न अनुरोध गरिएको, तर त्यहाँ यात्रामा प्रतिबन्धहरू नभएकाले सर्बसाघारण मानिसहरुको आवत जावत बिगतका दिनहरु भन्दा केहि घटेपनि अत्याबास्यकको कामहरु सुचारु रहेकाले आफ्नो गन्तब्यमा जाने आउने क्रम सुचारु रहेको छ |
आवश्यक गतिविधि र सुविधाहरू, जस्तै बैंक, किराना स्टोरहरू, हुलाक सेवाहरू, फार्मेसीहरू र उपभोग्य कम्पनीहरू खुला रहेकाले र केहि रिटेल स्टोरहरू र मनोरन्जन स्थलहरू जस्तै चलचित्र थिएटरहरू, कन्सर्ट हलहरू र मनोरन्जन पार्कहरू मात्र बन्द गर्न आग्रह गरेको र बन्द भएको छ । सार्बाजानिक बसहरु, ट्रेनहरु र प्राइभेट कारहरु दैनिक रुपमा चलिरहेको पाइएको छ, भने बेन्तो, साना सुपरमार्केटहरु, पसलहरु, रेस्टुरेन्टहरु सामान्य रुपमा चलिरहेको छ | सुपर्मार्केटहरुमा माक्स, टिस्यु पेपर, सेनिटाईजर, हात धुने लिकुइड, दैनिक प्रयोग हुने रेडिमेड ( ओनेगिरी, रामेन ) जस्ता खानाहरुको भने अभाब देखिन्छ |
जापानी धानमन्त्री शिन्जो आबेले कोरोनाभाइरस प्रकोपलाइ फैलन नदिन टोकियो, कानगावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओका क्षेत्रहरुमा आपतकालिन अवस्थाको घोषणा गरेको थियो | मार्चको अन्तिम दिन टोकियोमा कोरोना भाइरसको संख्या हरेक दुई दिनमा दोब्बर सुरु भएपछि प्रधानमन्त्री शिन्जो आबेलाइ आपतकालिन अवस्थाको घोषणा गर्न ठूलो दबाबको सामना गर्नु परेको थियो।
जापानमा अहिले कोरोना भाइरसबाट ३ हजार सात सय ८६ जना संक्रमित, ९३ जनाले यस भाइरस ज्यान गुमाई सकेका छन भने ६२२ जना पूर्ण रुपमा स्वास्थ्य भएका छन् |