२०८१ मंसिर ९, आइतवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

नयाँदिल्ली : भारतमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको केस वृद्धि भएर लगभग १६ सय पुगेको छ।

मंगलबारमात्रै यहाँ नयाँ २७० संक्रमणको केस देखिएको छ। यससँगै भारतमा १ हजार ५९० संक्रमित संख्या पुगेको इन्डिया टुडेले जनाएको छ। इन्डिया टुडेका अनुसार जसबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ। र, १४८ जना उपचारपछि निको भई घर फर्किएका छन्।

भारतको महाराष्ट्रमा अहिलेसम्म सबैभन्दा बढी मृत्यु भएको छ। यहाँ १० जनाले कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाएका छन्। यस्तै, गुजरातमा ६, पञ्जामा ४, मध्यप्रदेशमा ४, कर्नाटकमा ३, पश्चिम बंगालमा ३ जनाको मृत्यु भएको छ।

दिल्ली, केरला, तेलंगना र जम्मु–काश्मिरमा समान २–२ जनाको मृत्यु भएको जनाइएको छ। यस्तै, तमिलनाडु, विहार र हिमाञ्जल प्रदेशमा १–१ जनाको मृत्यु भएको छ।

सबैभन्दा बढी संक्रमित बिरामी पनि महाराष्ट्रमै भेटिएका छन्। यहाँ ३०२ जना संक्रमित भइसकेका छन्। केरलामा २४१, तमिलनाडुमा १२४ र दिल्लीमा १२० जनामा संक्रमण देखिएको छ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।