२०८१ मंसिर ७, शुक्रबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमाडौं, १७ चैत । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले गरेको लकडाउनका क्रममा निधन भई बेखर्ची हुनेलाई पशुपति क्षेत्र विकास कोषले निःशुल्क शवदाह सेवा शुरु गरेको छ ।

पशुपति क्षेत्रका विद्युतीय शवदाह गृह, भष्मेश्वरघाट, आर्यघाटलगायतमा शवदाह गर्न चाहने तर खर्च नहुनेलाई निःशुल्क शवदाहको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । विद्युतीय शवदाह गृहमा शवदाह गर्दा कोषले रु चार हजार शुल्क लिने गरेको छ ।

भष्मेश्वर घाटमा दाउराबाहेक शवदाह गरेको रु एक हजार ५०० शुल्क लाग्छ । यसैगरी आर्यघाटमा रु एक हजार ९०० शुल्क लाग्छ । दाउरा भने आवश्यकतानुसार लाग्ने गर्छ । दाउरा किलोको रु नौ मा बिक्री गरिरहेको कोषका निर्देशक राजु रेग्मीले बताए ।

पशुपतिमा जलाइने शवका लागि सरकारले दाउरामा सहुलियत दिने गरेको छ । धनगढीबाट काठमाडौँमा दाउरा ल्याउन ढुवानी खर्च मात्र किलोको रु २० लाग्छ । यो खर्च हालसम्म जिल्ला वन कार्यालय काठमाडौँले व्यहोर्दै आएको छ ।

दाउरा कटान र ट्रकमा हाल्ने ओराल्ने (लोड अनलोड) को ज्याला टिम्बर कर्पोरेसन अफ नेपाल (टिसिएन) ले व्यहोर्ने गरेको कोषको सार्वजनिक खरिद तथा सेवा सुविधा शाखा प्रमुख रेग्मीले जानकारी दिए ।

यसअघि बेखर्ची भनी वडा कार्यालयको सिफारिस लिई आउनेलाई विभिन्न सामाजिक संस्थाले खर्च दिएर विद्युतीय शवदाह गृहमा निःशुल्क शवदाह गर्ने व्यवस्था गरिएको थियो । लकडाउनका समयमा ती संस्थासँग बेखर्चीको सम्पर्क हुन नसक्ने भएकाले कोषले नै निःशुल्क गर्ने व्यवस्था गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।