२०८१ मंसिर ९, आइतवार
  • Namaste Khabar ५ वर्ष अगाडि

म्याड्रिड — कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट स्पेनमा आइतबार मात्रै ८ सय ३८ जनाको मृत्यु भएको छ । जनवरी ३० मा पहिलो संक्रमण पुष्टि भएयता स्पेनमा एकैदिन सबैभन्दा बढी मृत्यु भएको हो ।

सोमबार बिहानसम्म स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ८ सय नाघेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा स्पेनमा थप ६ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ । स्पेनमा अहिलेसम्म करिब १४ हजार संक्रमित निको भएका छन् ।

त्यस्तै शनिबारको तुलनामा केही कम भए पनि इटालीमा पनि आइतबार ७५६ जनाको मृत्यु भएको छ । शनिबार भने इटालीमा ९१९ जनाको मृत्यु भएको थियो । इटालीमा आइतबार थप ५ हजार २ सय १७ जनामा संक्रमण देखिएको छ । सोमबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या १० हजार ७ सय ७९ पुगेको छ । त्यस्तै इटालीमा संक्रमितको संख्या ९७ हजार ६ सय ८९ पुग्दा निको हुनेको संख्या करिब १३ हजार रहेको छ । इटालीको सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्र लोम्बार्डीमा आइतबार भने मृतक र संक्रमितको संख्या केही घटेको अधिकारीहरुले जनाएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा २६४ जनाको मृत्यु भएको छ भने थप १८ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । सोमबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुुनेको संख्या २ हजार ४ सय ८४ पुगेको छ । त्यस्तै संक्रमितको संख्या एक लाख ४२ हजार रहेको छ । अमेकिारमा करिब ४ हजार ५ सय जना निको भएका छन् ।

त्यस्तै आइतबार कोरोना संक्रमणबाट फ्रान्समा २९२, इरानमा १२३, जर्मनीमा १०८, बेलायतमा २०९, बेल्जियममा ७८ र स्विजरल्यान्डमा ३६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वका विभिन्न देशमा गरी ३ हजार १ सय ४ जनाको मृत्यु भएको छ भने थप करिब ३४ हजारमा संक्रमण देखिएको छ । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहानसम्म करिब ३४ हजारको मृत्यु भइसकेको छ भने ७ लाख २१ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै निको हुनेको संख्या करिब एक लाख ५१ हजार रहेको आजको कान्तिपुर दैनिकमा खबर  छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।