अष्ट्रेलिया: कोरोना भाइरसको अबस्था तिब्र गतिमा अगाडी बढिरहेकाले अष्ट्रेलियाले अनाबास्यक सेवाहरु बन्द गरेको छ ।
पब, क्लब, जिम, सिनेमाघर र पूजा स्थलहरू सोमबार दिउँसो देखि बन्द हुनेछन्, रेस्टुरेन्ट र क्याफेहरूबाट टेकवेमा मात्र लान सकिने छ ।
प्रधानमन्त्री स्कट मोरिसनले राष्ट्रिय क्याबिनेट बैठक पछि प्रतिबन्धको घोषणा गरेको हो ।
न्यू साउथ वेल्स सिड्नीको सबैभन्दा धेरै प्रभावित ठाउ हो जहा ५३५३३ जना मानिसहरुमा कोरोना भाइरसको संक्रामन रहेको पुष्टि भएको छ । मेलबोर्नको राजधानी भिक्टोरियामा २९६ जना भने क्वीन्सल्याण्डमा २२५ जनामा कोरोना भाइरसबाट प्रभावित रहेको पुष्टि भएको छ ।
नयाँ प्रतिबन्धले धेरै व्यवसायहरू बन्द हुने देखिएको छ तर सुपरमार्केट, पेट्रोल स्टेशनहरू, फार्मेसीहरू र घर डेलिभरी सेवाहरू भने चलिरहनेछ।