२०८१ मंसिर १०, सोमवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

कुबेतः कुबेतको एक निर्माण क्षेत्रमा बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर चार नेपालीको मृत्यु भएको छ । निर्माणस्थलको ब्लक ५ ढल निर्माण गर्ने क्रममा ढिस्को खसेर  चार नेपाली कामदारको मृत्यु भएको कुबेतस्थित नेपाली नियोगका वरिष्ठ अधिकृतले पुस्टि गरेको छ |

उक्त घटनामा अन्य तीनजना घाइते भएका छन्।‘मुत्ला’ क्षेत्रमा भएको उक्त दुर्घटनामा ज्यान गुमाउने नेपालीको पहिचान भने खुलेको  छैन।

घाइतेको उद्धार प्रक्रिया जारी रहेको अरब टाइम्समा उल्लेख गरेको छ । ढिस्कोमा पुरिएका सबै चिनियाँ कम्पनीका कामदार रहेको बताइएको छ । ढिस्कोमा पुरिएकाको तुरुन्तै उद्धार गरेपनि चारजनाको भने घटनास्थलमै मृत्यु भएको हो।

गाडिएका ७ जनामध्ये चारजनाको घटनास्थल मृत्यु भएको हो । बाँकी रहेका घाइतेलाई स्थानीय समय अनुसार बुधबार बेलुका ५ बजे अस्पताल पुर्याइएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।