२०८१ मंसिर १०, सोमवार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं : नेपाल भ्रमण बर्षमा नेपाल घुम्न  आएका आठ भारतीय पर्यटकको मृत्य भएको छ ।

मंगलबार बिहान मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भेटिएका आठैजना भारतीय पर्यटकको मृत्यु भएको हो  ।

मृत्यु हुनेमा ४ महिला र ४ पुरुष रहेको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होबेन्द्र बोगटीले जानकारी दिएका छन । मकवानपुरको उत्तरी थाहा नगरपालिका ४ दामनस्थित एभरेष्ट होटलमा सोमबार बेलुका १५ जना भारतीय पर्यटक बसेका थिए । उनीहरुमध्ये मृत्यु हुने ८ जना एकै कोठामा सुतेका थिए ।

मृतक ८ जना बिहान अर्धचेत अवस्थामा भेटिएका थिए।  उनीहरुलाई कैलाश एयरको हेलिकप्टरमार्फत काठमाडौंस्थित ह्याम्स हस्पिटलमा ल्याइएको थियो ।

कोठाभित्र झ्याल ढोका थुनेर हिटर बालेर सुतेको अवस्थामा उनीहरुलाई भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी सहायक निरीक्षक गणेश थापाले जानकारी दिएका छन्  ।

दुईजना बस्नुपर्ने कोठामा आठजना बसेको कारण अक्सिजनको अभावमा अचेत भएको हुनसक्ने थाहा नगर होटल ब्यवसायी संघका अध्यक्ष शिवराम खत्रीले बताए । १५ जनाको समूहमा दामान पालुङ घुम्न आएको भारतीय नागरिकमध्ये एउटा कोठामा सातजना अर्कोमा ८ जनाले रात बिताएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।