२०८१ मंसिर ९, आइतवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

कपिलवस्तु ,८ पुष

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ११ ओदारीमा अवस्थित लिटिल स्टार सेकेन्डरी इङ्गलिस बोर्डिङ्ग स्कुलमा मंगलबार फुड फेस्टिबल महोत्सव सम्पन्न गरिएको छ ।

इन्टरनेशनल स्कूल अवार्ड (आइ.एस.ए) परियोजना प्रदेश नं ५ अन्र्तगत स्थानिय थारु खानाका परिकारहरु र अन्य स्थानिय खानाका परिकारहरु बनाई शिक्षकको क्रियाकलाप अन्र्तगत स्थानिय खाना महोत्सव सञ्चालन भएको हो ।

महोत्सवमा प्रदेश पाँचका सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सांसद पन्थीले विद्यालयले आई.एस.ए अर्थात इन्टरनेशनल स्कूल अवार्ड प्राप्त गर्न सफल होस भन्दै शुभकामना दिनुभयो । त्यस्तै नगरपलिका भित्र सबैकुराले सम्पन्न विद्यालयहरु हुँदा हुँदै पनि यहाँका विद्यार्थीहरु शिक्षा प्राप्त गर्न बाहिर जानु बिडम्बना भएको भन्दै वाणगंगा नगरपालिका शिक्षाका क्षेत्रमा कुनैपनि तवरबाट कमजोर नरहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले नगरपालिका र प्रदेश सरकार दुवै मिलेर लागेमा शिक्षामा अझ धेरै गुणस्तर आउने प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ । त्यस्तै नगरपालिका शिक्षा शाखा प्रमुख बावुराम भट्टराई, नगर प्रमुख मंगलप्रसाद थारु, उप प्रमूख चक्रपाणी अर्याल र शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख थानेश्वर घिमिरेको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विभिन्न परिकारका खानाको प्रर्दशनी गरिएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरु,जनप्रतिनिधी,समाजसेवी बुद्धिजीबीहरु लगाएतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।