२०८१ मंसिर ७, शुक्रबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौं : एपी वान टेलिभिजनबाट प्रसारण हुने चर्चित रियाल्टी शो नेपाल आइडलको तेश्रो संस्करण  आजदेखि सुरु हुने भएको छ ।

कार्यक्रम  प्रत्येक बिहीबार र शुक्रबार राति साढे आठबजे एपीवान टेलिभिजनबाट  प्रसारण हुनेछ।

देशका प्रमुख  सहर बुटवल, नेपालगञ्ज, पोखरा, वीरगञ्ज, विर्तामोड र काठमाडौंमा सम्पन्न अडिसनमा सहभागी ४ हजार भन्दा बढी प्रतिस्पर्धीबाट छनोट भएका करिब एक सय जनाले अबका श्रृखलामा सांकेतिक प्रतिस्पर्धा गर्ने छन ।

अघिल्ला संस्करणमा सहभागी प्रतिभाले नेपाली सांगीतिक बजारमा आफ्नो पहिचान स्थापित गरिसकेका कारण पनि सांगीतिक क्षेत्रमा भविष्य खोज्नेबीच नेपाल आइडल लोकप्रिय छ।

सांगीतिक क्षेत्रमा राम्रो ज्ञान भएका प्रतियोगीको  उल्लेख्य सहभागिताले यो संस्करण अझै बढी रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ ।

नेपाल आइडल ३२ श्रृखलामा प्रसारण हुने गरेको भएपनि दर्शकको चाहना अनुसार यो सिजनमा केही श्रृखला थप हुन सक्ने निर्माण टिमले जनाएको छ। अघिल्ला दुई संस्करणमा देश विदेशमा रहेका दर्शकको अपार साथ सदभाव र प्रेम तथा विभिन्न माध्यमबाट प्राप्त सल्लाह सुझाबले यो संस्करण अझ परिस्कृत बनाउने बताएको छ ।

नेपाल आइडलको तेश्रो संस्करणमा पनि निर्णायकमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी रहनेछन्। प्रस्तोताको रुपमा असिफ शाह र माम्पी घोष रहने आइडल टिमले जानकारी दिएको छ।

गीत संगीतमा साधनारत प्रतिस्पर्धीका कारण पनि यो प्रतिस्पर्धा रोचक हुने प्रस्तोता आशिफ शाहको विश्वास छ।

नेपाल आइडलको पहिलो संस्करणमा पोखराका बुद्ध लामा विजेता बनेका थिए भने दोस्रो संस्करणमा धनगढीका रवी ओडले बाजी मारेका थिए।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।