अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बुधबार महाभियोग लगाइएको छ। तल्लो सदन हाउस अफ् रेप्रिजेन्टेटिभ्सले शक्तिको दुरुपयोग गरेको भन्दै महाभियोग लगाएको हो। हिजो भएको मतदानमा महाभियोग लगाउने पक्षमा २३० र विपक्षमा १९७ मत खसेको थियो।
मतदानमा डेमोक्रेटिक पार्टीका सांसद महाभियोगको पक्षमा थिए। त्यस्तै रिपब्लिकन पार्टीका सांसद विपक्षमा थिए। अमेरिकाकै इतिहासमा ट्रम्प महाभियोग लाग्ने तेस्रो बहालवाला राष्ट्रपति हुन।
अब यो मुद्दा सिनेट अर्थात माथिल्लो सदनमा प्रवेश गर्नेछ र पदबाट राख्ने कि हटाउने निर्णय सिनेटले नै गर्नेछ।