२०८१ पुस ९, मङ्लबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

विराटनगर : समाजवादी पार्टीका विद्यार्थी नेता रोशन यादवले कोरोना भाइरस (कोभिड (१९) को सम्भावित परिस्थितिलाई नियन्त्रण गर्न क्वारेन्टाइनका लागि होस्टेल दिने घोषणा गरेका छन्।

लामो समयदेखि सामाजिक अभियन्ताका सक्रिय रहेका यादवले कोरोना भाइरस (कोभिड-१९) को सम्भावित परिस्थितिलाई नियन्त्रण गर्न क्वारेन्टाइनका लागि सञ्चालन गर्दे  आएको होस्टेल दिने घोषणा यादवले  गरेका हुन्।

विराटनगरमा उनले लामो समयदेखि  होस्टेल सञ्चालन गर्दे आएका  छन् । आइतबार प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई लिखित रुपमा पत्र बुझाउँदै आफ्नो होस्टेल निशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन्।

कोरोनासँग लड्न भौतिक पूर्वाधार आवश्यक भएमा १६ वटा कोठा भएको ‘हाम्रो नेपाल होस्टेल‘ निःशुल्क उपलब्ध गराउने उनले प्रतिवद्धता गरेका हुन्।  कोरोना भाइरसविरुद्ध लड्नका लागि आवश्यक परेको खण्डमा प्रदेश नम्बर १ सरकार सामाजिक बिकास मन्त्रालयले प्रयोग गर्न सक्ने गरी लिखित प्रतिवद्धता मन्त्री घिमिरेलाई बुझाएका हुन।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वनै त्रसित रहेको बेला हाम्रो देश पनि उच्च जोखिमको सूचीमा रहेकाले  प्रदेश सरकारलाई सम्भावित जोखिम वाट जोगाउन  निशुल्क होस्टेल उपलब्ध गराएको यादवले बताए।

प्रदेश सरकारको  महामारी विरुद्ध को महाअभियानमा जनस्तरवाट सहयोग गर्न  प्रदेशको बासिन्दाको नाताले सहयोग गर्न तयार भएको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।