रौतहट: बम विस्फोटबाट घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद आफताब आलमको समर्थनमा नेपाली कांग्रेश सम्बद्ध उनका समर्थकले जुलुश निकालेका छन्।
जिल्ला अदालत रौतहटले आलमलाई थप ८ दिन थुनामै राख्न तेस्रो पटक म्याद थप गरेपछि उनका समर्थकले मुखमा कालो पट्टी बाँधेर जुलुश निकालेका हुन्।
जुलुशमा सहभागी समर्थकले अनावश्यक धरपकड बन्द गर, विधिको शासन कायम गर, निष्पक्ष र धाधलीरहित छानविन गर, निर्दोष आलमलाई रिहा गर लगायतका प्ले कार्ड बोकेका थिए।